शान्ति गुरूङलाई अन्तर्राष्ट्रीय मानववादी पुरस्कार

काठमाडौ । मानववाद प्रबर्ध्दन तथा सँबर्धनमा समर्पित भै अघि बढिरहेको अन्तर्राष्ट्रीय सँस्था ह्युमानिष्ट इन्टरनेशनल बेलायतले नेपाली मानववादी अभियन्ता शान्ति गुरूङलाई इन्टरनेशनल ह्यूमानिष्ट एवार्ड (अन्तर्राष्ट्रीय मानववादी पुरस्कार),२०२१ प्रदान गरेको छ ।
शान्ति गुरूङ यस किसिमको अन्तर्राष्ट्रीय मानववादी पुरस्कार पाऊँने पहिलो नेपाली र पहिलो एशियाली महिला हुन् । यस अघि यस किसिमको पुरस्कार एशियाबाट भारतीय मानववादी अभियंता प्रा । नरेन्द्र नायकले प्राप्त गरेका थिए ।
नेपाली समाजमा विद्यमान अन्धविश्वास,कुरीति तथा कुसँस्कार विरूद्ध निष्ठापूर्वक गरेको कार्यको उच्च मूल्यांकन गरी पहिलो पटक एशियाली महिला शान्ति गुरूङलाई यो पुरस्कार प्रदान गरिएको कुरा उक्त सँस्थाले जनाएको छ ।
यस बर्ष सो पुरस्कार १५ अगस्त २०२१ मा स्कॉटलैंडमा प्रदान गर्ने कार्यक्रम भएपनि कोभिड-१९ को कारण नेपालमै प्रदान गरिएको कुरा बेलायतस्थित सँस्थाको प्रधान कार्यालयका मैनेजर जियोभान्नि गाएटेनीले जनाएका छन् ।















सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
प्रतिक्रिया