पहिलो दिन नै नेप्सेमा उच्च गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन नै आइतबार उच्च अंकको गिरावट आएको छ ।
आइतबार नेप्से ५५.९३ अंकले घटेर दुई हजार पाँच सय ७७ दशमलव ४९ विन्दुमा रोकिएको छ ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार साताको पहिलो दिन आइतबार ४ अर्ब ११ करोड ३८ लाख बराबरको कारोबार भएको छ ।
आइतबार कारोबार भएका कम्पनीमध्ये मनकामना मैलुङ खोला जलविद्युत कम्पनी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य आइतबरा १० प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.५ प्रतिशतले बढेको छ ।
आइतबार गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । केही दिनयता शेयर कारोबारमा उचारचढाव आइरहेको छ । शेयर कारोबारमा गिरावट आउने क्रम तीब्र छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया