पहिलो दिन नै नेप्सेमा उच्च गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन नै आइतबार उच्च अंकको गिरावट आएको छ ।
आइतबार नेप्से ५५.९३ अंकले घटेर दुई हजार पाँच सय ७७ दशमलव ४९ विन्दुमा रोकिएको छ ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार साताको पहिलो दिन आइतबार ४ अर्ब ११ करोड ३८ लाख बराबरको कारोबार भएको छ ।
आइतबार कारोबार भएका कम्पनीमध्ये मनकामना मैलुङ खोला जलविद्युत कम्पनी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य आइतबरा १० प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.५ प्रतिशतले बढेको छ ।
आइतबार गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । केही दिनयता शेयर कारोबारमा उचारचढाव आइरहेको छ । शेयर कारोबारमा गिरावट आउने क्रम तीब्र छ ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया