उपभोक्ता ठग्ने भाटभटेनीलाई ५० हजार जरिवाना

भक्तपुर । नेपालीको महान् चाड दसैँतिहार नजिकै गर्दा बजारमा उपभोक्ताको भीड लाग्न थालेको छ । चाडबाडको मौकामा बजारमा व्यापारीहरुले मनोमानी मूल्य बढाएको गुनासोपछि भक्तपुर जिल्ला प्रशासनको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा वाणिज्य विभाग, साना तथा घरेलु उद्योग कार्यालय, खाद्य गुणस्तर विभाग, प्रहरी, उपभोक्ता महासङ्घ, नगरपालिका र पत्रकारसहितको टोलीले सुरु गरेको बजार अनुगमनमा उपभोक्ता ठगी गर्ने गरेका भाटभटेनी सुपरमार्केट लगायतका ब्यापारीहरुलाई कारबाही गरिएको छ ।
यस्तै, नापतौलको अनुमतिसमेत नलिएका ब्यवसायीलाई तीन दिनभित्र कार्यालयमा उपस्थित भई सम्पूर्ण कागजपत्र पेस गर्न निर्देशन दिइएको छ ।
बिल बिजक देखाउन नसकेको, अत्यधिक फोहर गरेको, म्याद गुज्रेका सामान बिक्रीमा राखेको, कालो बजारी गरेको पाइएपछि ती ब्यवसायीहरुलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।
यसअघि प्रशासनको नेतृत्वमा मध्यपुरथिमि–४ राधेराधेस्थित भाटभटेनी सुपर मार्केटको अनुगमनमा भाटभटेनीले खरिद बिलबिजक साथमा नराखेको, तरकारीका प्याकेटका तौल उल्लेख नगरेको र केही वस्तुमा अस्वाभाविक मुनाफा राखेर बिक्री वितरण गरेको पाइएको केशरीले जानकारी दिए ।
भाटभटेनीले चिनीमा २५ प्रतिशतसम्म नाफा राखेर बिक्री गरेको पाइएको टोलीले जनाएको छ ।
उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले बजारमा अनियमितता बढेको बताए ।










कलैयाका पूर्वनिमित्त डिभिजन प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा दायर
एनपीएल कान्तिपुर म्याक्सबाट लाइभ हुने
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
Nepal enters semifinals of Blind Women’s Cricket Tournament
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया