काठमाडौं कांग्रेसमा देउवालाई धक्काः शाक्यको प्यानल विजयी

काठमाडौं । नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको निर्वाचनमा कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह पक्षको प्यानल नै विजयी भएको छ ।
सभापति निलकाजी श्रेष्ठसहित सिंहको सिङगो प्यानल विजयी भएको हो । शाक्यले ७ सय ९६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३ सय २९ मत ल्याए ।
शाक्य प्यानलबाटै उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन निर्वाचित भएका छन् । सुशीलाले ८ सय ४१ मत र महर्जनले ८ सय १ मत प्राप्त गरे ।
उपसभापतिमा पराजित सुधीरनाथ खनालले २ सय ७८ र भरत तण्डुकारले २ सय १५ मत प्राप्त गरे ।
यस्तै सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल विजयी भएका छन् । भने सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् ।
सचिवमा जीत हात पारेका वैद्यले ८ सय ५३ मत र खकुरेलले ७ सय ५९ मत प्राप्त गरे ।
शाक्यको समूहलाई प्रकाशमान सिंह र गगन थापाको समर्थन रहेको थियो । रञ्जितलाई पार्टी सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको साथ थियो ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया