खाद्यको खसी बोका बिक्री आगामी शुक्रबारदेखि

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रबारदेखि खसी बोकाको बिक्री वितरण सुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दसैँका लागि दुई हजार खसी बोका काठमाडौँमा ल्याउने तयारी गरेको छ ।
गत वर्ष एक हजार वटा खसी बोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसी बोका मात्रै बिक्री वितरण गर्न लागेको हो । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दसैँमा खसी बोका र च्याङग्रा बिक्री गर्दै आएको छ ।
तर, यस वर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्याधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा बिक्री वितरण नगर्ने बताएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालयकी सूचना अधिकृत सर्मिला न्यौपानेले घटस्थापनाको भोलि पल्टदेखि अर्थात असोज २२ गतेदेखि राजधानीमा खसी बोका बिक्री वितरण सुरु गर्ने जानकारी दिए ।
कम्पनीले दाङको तुलसीपुरबाट ८ सय वटा र हेटौँडाबाट १२ सय वटा खसी बोका ल्याउने तयारी गरेको उनले जानकारी दिए । कम्पनीले विगतमा निजी क्षेत्रले बेच्ने बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ मूल्य घटाएर खसी बोका बिक्री गर्ने सूचना अधिकृत न्यौपानले जानकारी दिए ।
कम्पनीले माग धान्नभन्दा बजार मूल्य नियन्त्रणका लागि विगतमा यसपटक खसी बोका बिक्री गर्न लागेको बताएको छ । दसैँका बेला काठमाडौँ उपत्यकामा खसी बोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि कम्पनीले सहुलियत पसल सञ्चालनमा ल्याएको छ ।
कम्पनीले ३९ जिल्लाका ४३ आउटलेटबाट दैनिक उपभोग्य खाद्य सामग्रीमा ५ देखि १० रुपैयाँसम्म छुट दिएर बिक्री वितरण गरिरहेको छ ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
टस जितेर लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर
प्रतिक्रिया