खाद्यको खसी बोका बिक्री आगामी शुक्रबारदेखि

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रबारदेखि खसी बोकाको बिक्री वितरण सुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दसैँका लागि दुई हजार खसी बोका काठमाडौँमा ल्याउने तयारी गरेको छ ।
गत वर्ष एक हजार वटा खसी बोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसी बोका मात्रै बिक्री वितरण गर्न लागेको हो । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दसैँमा खसी बोका र च्याङग्रा बिक्री गर्दै आएको छ ।
तर, यस वर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्याधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा बिक्री वितरण नगर्ने बताएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालयकी सूचना अधिकृत सर्मिला न्यौपानेले घटस्थापनाको भोलि पल्टदेखि अर्थात असोज २२ गतेदेखि राजधानीमा खसी बोका बिक्री वितरण सुरु गर्ने जानकारी दिए ।
कम्पनीले दाङको तुलसीपुरबाट ८ सय वटा र हेटौँडाबाट १२ सय वटा खसी बोका ल्याउने तयारी गरेको उनले जानकारी दिए । कम्पनीले विगतमा निजी क्षेत्रले बेच्ने बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ मूल्य घटाएर खसी बोका बिक्री गर्ने सूचना अधिकृत न्यौपानले जानकारी दिए ।
कम्पनीले माग धान्नभन्दा बजार मूल्य नियन्त्रणका लागि विगतमा यसपटक खसी बोका बिक्री गर्न लागेको बताएको छ । दसैँका बेला काठमाडौँ उपत्यकामा खसी बोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि कम्पनीले सहुलियत पसल सञ्चालनमा ल्याएको छ ।
कम्पनीले ३९ जिल्लाका ४३ आउटलेटबाट दैनिक उपभोग्य खाद्य सामग्रीमा ५ देखि १० रुपैयाँसम्म छुट दिएर बिक्री वितरण गरिरहेको छ ।

















कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
Two youths arrested for looting attempt in Rautahat
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
One dies as tipper knocks him down today; 15 killed in separate road accidents on Monday
Gold price climbs and silver price slides today
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया