भारतले तुइन काटेपछि हलिकप्टरबाट दार्चुलाका गाउँमा खाद्यान्न

काठमाडौँ । दार्चुलाको महाकाली नदिमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेपछि दार्चुलामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिँदैछ । दार्चुलाको व्याँस गाउँपालिकाबाट सदरमुकाम खलगां आउने तुइन एसएसबीले काटेपछि खाद्य संस्थानले दसैँ तिहारकालागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिरहेको हो ।
१५ साउनमा एसएसबीले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिंदा ब्यास गाउँपालिका–२ मालघाटका ३० वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । तुइन काटेपछि सदुरमुकाम खलंगा जाने बाटो नहुँदा व्याँस गाउँपालिकामा खाद्यान्नको अभाव भएको थियो ।
खाद्य संस्थानले दसैँ तिहारकालागि हेलिकप्टरबाट व्याँस गाउँपालिकाका छांगरु, तिंकर, दुम्लीङ, राप्ला, माल, सीना, सुनसेरा लगायतका स्थानमा ६ सय क्वीन्टल खाद्यान्न गर्दैछ । हेलिकप्टरबाट खाद्यान्न झारिएको ठाउँबाट स्थानिय महिलाहरु बाकेर लैजाँदै छन् । व्याँस गाउँपालिकामा यातायातको सुविधा छैन । दार्चुलाका दुर्गम गाउँमा प्रत्येक वर्ष दसैँ तिहारमा खाद्यको अभाव हुँदै आएको छ ।

















मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया