भारतले तुइन काटेपछि हलिकप्टरबाट दार्चुलाका गाउँमा खाद्यान्न

काठमाडौँ । दार्चुलाको महाकाली नदिमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेपछि दार्चुलामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिँदैछ । दार्चुलाको व्याँस गाउँपालिकाबाट सदरमुकाम खलगां आउने तुइन एसएसबीले काटेपछि खाद्य संस्थानले दसैँ तिहारकालागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिरहेको हो ।
१५ साउनमा एसएसबीले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिंदा ब्यास गाउँपालिका–२ मालघाटका ३० वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । तुइन काटेपछि सदुरमुकाम खलंगा जाने बाटो नहुँदा व्याँस गाउँपालिकामा खाद्यान्नको अभाव भएको थियो ।
खाद्य संस्थानले दसैँ तिहारकालागि हेलिकप्टरबाट व्याँस गाउँपालिकाका छांगरु, तिंकर, दुम्लीङ, राप्ला, माल, सीना, सुनसेरा लगायतका स्थानमा ६ सय क्वीन्टल खाद्यान्न गर्दैछ । हेलिकप्टरबाट खाद्यान्न झारिएको ठाउँबाट स्थानिय महिलाहरु बाकेर लैजाँदै छन् । व्याँस गाउँपालिकामा यातायातको सुविधा छैन । दार्चुलाका दुर्गम गाउँमा प्रत्येक वर्ष दसैँ तिहारमा खाद्यको अभाव हुँदै आएको छ ।

















कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा
ICC T20 World Cup Global Qualifiers: Ireland trounces Thailand
441 polling stations in Karnali Province are highly sensitive
इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा
मुग्लिन-मलेखु सडकको म्याद ६ महिना थपियो
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया