३३ किलो सुनका भरिया शाक्यको हत्या गर्ने ८ जना दोषी ठहर
मेरोन्यूज
२०७८ असोज १९ गते २१:१४

काठमाडौँ । ३३ किलो सुन तस्करी प्रकरण र सुन भरिया मोरङका सनम शाक्य हत्या प्रकरणमा ६ जनालाई जन्म कैदको सजाय तोकिएको छ । जिल्ला अदालत मोरङले सुन तस्करी तथा हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्म कैद हुने फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई जन्मकैदको सजाय सुनाएको हो । जन्म कैदको सजाय तोकिनेमा गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन् ।
यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको छ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा पनि सजाय गरिएको फैसलामा उल्लेख छ । फरार २१ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको छ भने अन्य आरोपीले सफाई पाएको स्रोतले जनाएको छ ।
सम्बन्धित

















यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
प्रतिक्रिया