आफूखुशी शेयरबजारको विश्लेषणले लगानीकर्ता अन्यौलमाः चेम्बर अफ कमर्श

काठमाडौं । नेपाली उद्योगी व्यापारीहरुको संस्था नेपाल चेम्वर अफ कमर्सले धेरै भन्दा धेरै अनलाइन मिडियाले आफू अनुकुलको शेयरबजार सम्बन्धि समाचार सम्प्रेषण गरेको भन्दै नियन्त्रण गर्न सुझाव दिएको छ ।
पूँजी बजारसँग सम्बन्धित समाचार सम्प्रेषण गर्ने मिडियाले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने वा नेपाल धितोपत्र बोर्डले यस सम्बन्धमा कोड अफ कन्डक्ट बनाई लागू गर्नुपर्ने सुझाव दिएको छ ।
अहिले धेरै भन्दा धेरै अनलाइन मिडियाहरु सञ्चालनमा आएको र शेयर बजारका बारेमा आफू अनुकुल वा विभिन्न व्यक्ति वा समुहको हितमा शेयर बजार सम्बन्धि समाचारहरु सम्प्रेषण तथा प्रकाशन गर्ने गरेको चेम्बरको आरोप छ ।
आफूखुशी बजार विश्लेषण गर्दा बजारमा साना तथा नयाँ लगानीकर्ताहरुमा थप अन्यौलता पर्ने गरेको उसले जनाएको छ ।
साथै नेपाल स्टक एक्सचेञ्ज तथा नेपाल धितोपत्र बोर्ड नेतृत्वविहिन हुँदा बजारमा अनेक किसिमका विकृतिहरु देखा परेको र नीतिगत रुपमा सम्बोधन हुनुपर्ने एजेन्डाहरु सम्बोधन नहुँदा बजार अनिर्णयको अवस्थामा पुगेको भन्दै छिटोभन्दा छिटो ती निकायहरुको विवाद समाधान गरि नयाँ नेतृत्व ल्याउन पनि चेम्बर अफ कमर्शले सुझाव दिएको छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया