थप एक हजार ४३ जनामा कोरोना, १२ जनाको मृत्यु
मेरोन्यूज
२०७८ असोज २० गते १७:३९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१५ हजार ४ सय ६५ जनामा नमुना परीक्षण गर्दा एक हजार ४३ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना गरी उपत्यकामा ४४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा देशभरबाट ८९१ जना कोरोनामुक्त भएका छन् ।
मन्त्रालयकाअनुसार देशभर १६१९४ जना सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया