तीन पालिकामा गुनासो सुनुवाइ व्यवस्थापन समिति गठन

डोटी । जिल्लाका तीन पालिकामा गुनासो सुनुवाइ व्यवस्थापन समिति गठन गरिएको छ । यूरोपियन यूनियन र डीसिएको साझेदारीमा सञ्चालन हुदै आएको परिवर्तन परियोजनाद्धारा डोटीका शिखर नगरपालिका, जोरायल गाउँपालिका र केआइसिंह गाउँपालिकामा गुनासो सुनुवाइ व्यवस्थापन समिति गठन गरिएको हो ।
नागरिकका गुनासा पालिकामै सुनुवाइ गर्ने उदेश्यका साथ उक्त समिति गठन गरिएको परिवर्तन परियोजनाले जनाएको छ । गुनासो सुनुवाइ व्यवस्थापन सम्बन्धि कार्यविधी, २०७८ को अभिमुखीकरण तथा सम्बादसँगै नगरपालिकाका हकमा उपप्रमुख तथा गाउँपालिकाका हकमा उपाध्यक्षको संयोजकत्वमा ५÷५ सदस्यीय समिती गठन गरिएको जोरायलका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ९४० क ९१० को प्रयोजनका लागि परिवर्तन परियोजना सञ्चालित गाउँ तथा नगरपालिकामा गुनासो व्यवस्थापन समिति गठन गरिएको हो । नगरपालिकाको सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन नीति, योजना तथा कार्यक्रमको कार्यान्वयन प्रक्रिया, प्राप्त उपलब्धि र त्यसले पारेको आर्थिक सामाजिक प्रभावको मूल्यांकन गरी नीति, योजना तथा सेवा प्रवाह प्रक्रियामा सुधार गर्न, सार्वजनिक कोषको अत्युत्तम परिचालन गरी अपेक्षित उद्देश्य प्राप्तिको सुनिश्चतता गर्न, नागरिकका गुनासो सुन्ने र जनप्रतिनिधि तथा कर्मचारीलाई थप जिम्मेवार बनाइ सार्वजनिक जवाफदेहीता अभिवृद्धि गर्ने समितिको उदेश्य रहेको शिखरका नगर उपप्रमुख धौलीदेवी रावलले जानकारी दिइन् ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया