केएल टावरको ‘टिभिएस रमाइलो, दशैँ तिहार योजना’ हरेक हप्ता उपहार

काठमाडौँ । केएल टावरले दशैं तिहारका लागि उपहारसहितको ‘रमाइलो दशैं तिहार, हरेक हप्ता उपहारै उपहार’ योजना सुरु गरेको छ । योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरू पाउने छन् ।
केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैयाँ बराबरको सपिङ भौचरका साथै अन्य आकर्षक उपहारहरू उपलब्ध गराइने छ ।
एक हजार रुपैयाँ वा सोभन्दा माथिको सामान खरिद गर्दा साप्ताहिक रुपमा सिजी ब्राण्डका होम अप्लाइन्सेज, टिभी, फ्रिज, रेफ्रिजिरेटर, वासिङ मेशिन, आइरन, हिटर, भ्याकुम क्लिनरलगायत घरायसी सामग्री उपलब्ध गराइने टावर व्यवस्थापनले जनाएको छ । बम्पर प्राइजमा एक जनालाई टिभिएस अपाचे आरटिआर १६० २ भि वितरण गरिने उपहार योजनाका संयोजक हिरामणि तिमिल्सिनाले बताए ।
चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ टावरले उपहार योजना सुरु गरेको उनले बताए । असोज १९ गतेदेखि सुरु भएको योजना कात्तिक ३० गतेसम्म लागु हुने उनले जानकारी दिए ।
उपहार योजनामा सहभागी हुनका लागि कम्तीमा एक हजार रुपैयाँ बराबरको सामान खरिद गर्नु पर्ने हुन्छ । हजार वा सोभन्दा बढीको सामान खरिद गरेपछि उपभोक्तालाई कुपन उपलब्ध गराइने छ । सोही कुपनका आधारमा गोला प्रथाद्वारा उपहार विजेता चयन गरिने छ ।
साथै केएल टावरमा घटस्थापनादेखि सिनेमा हलहरुसमेत खुलेका छन् । सिनेमा हलहरु खुलेको र दशैँ लागिसकेका कारण केएल टावरमा अहिले सपिङ्ग गर्नेहरुको चहल पहलसमेत बढेको छ । कोभिडका कारण लामो समयदेखि बन्द जस्तै अवस्थामा रहेका सपिङ्ग मलहरू दशैं नजिकिएसँगै विभिन्न अफरका साथ सञ्चालनमा आउन थालेका छन् ।
टावरमा पचास वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीन वटा एफ क्युव सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुमलगायतका पसल सञ्चालनमा छन् ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया