एमाले नेता जोशी एकीकृत समाजवादीमा प्रवेश
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भानुभक्त जोशी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । आज आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जोशीलाई स्वागत गर्दै एमाले नेतृत्व श्वेच्छाचारी भएका कारण उक्त पार्टीबाट विद्रोह गरी यो पार्टी स्थापना गरिएको बताएका थिए ।
उनले जोशीलाई स्थायी कमिटी सदस्यमा मनोनित गर्न बैठकमा प्रस्ताव गरिने प्रतिबद्धता व्यक्त गरे । पूर्व प्रधानमन्त्री नेपालले आफ्नो पार्टीले लोकतन्त्र र संविधानको रक्षा गरी क्रान्तिकारी धारलाई सशक्तरुपमा अगाडि बढाउने बताए ।
उनले मुलुकको विकास र समृद्धिका लागि समाजवाद स्थापना गर्नु पर्नेमा जोड दिएका थिए । पार्टीको स्थायी कमिटीको सातौँ बैठक आज बस्दै छ ।
सम्बन्धित

















जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
पर्साबाट २ सय १३ किलो गाँजा बरामद
ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने
मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह
बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया