प्रदेश १ मन्त्रिपरिषद् निर्णय : प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम सञ्चालन नियमावली २०७८ स्वीकृत
काठमाडौँ । प्रदेश १ को मन्त्रिपरिषद्को बैठकले प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम सञ्चालन नियमावली २०७८ लाई स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार देवेन्द्र कार्कीले जानकारी दिए । यसैगरी बैठकले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन नियमावली २०७८ लाई समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।
केही स्थानीय तहको वडाको संख्या र सिमाना हेरफेरसम्बन्धी स्थानीय तहले प्रस्ताव प्रदेशलाई गर्ने र प्रदेशले संघलाई सिफारिस गर्ने संवैधानिक प्रावधानअनुसार संखुवासभाको धर्मदेवी नगरपालिका, इलामको इलाम नगरपालिका, उदयपुरको बेलका नगरपालिका, धनकुटाको महालक्ष्मी गाउँपालिका र खोटाङको जन्तेढुंगा गाउँपालिकाले प्रस्ताव गरेअनुसार वडाको संख्या र सिमाना हेरफेरका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गर्नुका साथै ती स्थानीय तहले वडाको संख्या वृद्धि गर्न सिफारिस गरिएको निर्णय गरेको छ ।
प्रदेशको राजस्वको स्रोत अत्यन्त न्यून भएकाले राजस्व स्रोत पहिचानका लागि पाँच सदस्यीय उच्चस्तरीय राजस्व अनुसन्धान कार्यदल गठन बैठकले गर्नुका साथै कार्यदलले प्रदेशको आन्तरिक राजस्वको स्रोत पहिचान, वृद्धि र सम्भावनाबारे अध्ययन गर्ने छ । बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ लाई स्वीकृत गरी नियमावली स्वीकृत भएपछि सरकारले अब चाँडै प्रदेश पर्यटन बोर्ड गठन गर्ने छ ।
उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय मातहतमा रहेका ६ जना अस्थायी कर्मचारीको असार मसान्तसम्म म्याद थप्ने निर्णय बैठकले गरेको सल्लाहकार कार्कीले जानकारी दिए । बैठकले प्रदेशका १४ वटै जिल्लामा विषयगत कार्यालय स्थापना गर्ने विषयमा मस्यौदा प्राप्त भएको र थप अध्ययन गरी अर्को बैठकले निर्णय गरी कार्यालय स्थापनाको प्रक्रिया सुरु गरिने भएको छ भने विषयगत कार्यालय स्थापनाको निर्णय यसअघि नै भइसकेको छ ।















धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया