चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने अभिप्रायले भन्सार परीक्षणलाई तीव्ररूपमा अगाडि बढाइएको हो ।
दैनिकरूपमा आयात हुने सामग्रीलाई टिमुरेस्थित भोटेकोसी खोलाबगरमा रहेको भन्सार हाताभित्र पल्टाइ परीक्षण गर्ने गरिएको छ । खोलाबगरको चिसो हावा एवं धुलो मैलालाई कुनै प्रवाह नगरी जाँचकीद्वारा छिटोभन्दा छिटो परीक्षण भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।
चीनबाट आयात भएका सामग्री कन्टेनरबाट पूरै बाहिर निकाली परीक्षण गर्ने गरेको र नीति, नियमले परिभाषित गरेबमोजिम नियमानुसार शुल्कवापतको राजस्व असुली हुँदै आएको छ । व्यापारीले बडादसैँलाई केन्द्रित गरी स्याउका साथै तयारी पोशाक, जुत्ता चप्पलजस्ता सामग्री आयात गराइरहेका छन् ।

व्यवसायीले आयात गराएका सामग्री छिटोछरितो बजारमा पुगोस् र आम उपभोक्तालाई दसैँका अवसरमा खरिद गर्न सहज होस् भन्ने अभिप्रायले कार्यालयका तर्फबाट गर्नुपर्ने भन्सार प्रक्रिया छिटोछरितो भइरहेको कर्मचारीले बताएका छन् । चीनबाट आयात भएका सामग्रीबाट भन्सार शुल्कवापत गत साउनदेखि हालसम्म एक अर्ब ७८ करोडभन्दा बढी राजस्व असुली भइसकेको र दैनिकरूपमा राजस्व असुली बढ्ने क्रम जारी रहेको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए ।
रसुवागढीको मितेरी पुलबाट दैनिकरूपमा नौवटा कन्टेनर व्यावसायिक सामग्री नेपाल भित्रने गरेका छन् । कोरोना नियन्त्रणका लागि रसुवागढी नाकाबाट सामान पल्टी गर्दा क्वारेन्टिनमा बसेका कामदार तथा चालकले काम गर्न पाउने व्यवस्था मिलाइएको भन्सार कार्यालयले जनाएको छ । उनीहरूको अनुगमन तथा रेखदेख नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरिरहेको तथा चीनबाट आयात भएका सामग्री पल्टी गर्दा पिपिइ लगाई स्वास्थ्यको मापदण्ड पालना गर्दै आएको बताइएको छ । रासस

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया