वैदेशिक रोजगार एशोसिएसनले मागे आफ्नो धरौटी

काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसनले व्यवसायीले राखेको धरौटी रकम केही समयका लागि व्यवसायीलाई फिर्ता गर्न माग गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेसँग भेट गर्न पुगेकोे एशोसिएसनको टोलीले धरौटीबापतको रकम निश्चित समयका लागि फिर्ता गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।
एशोसिएसनका अध्यक्ष नरेन्द्र ढकालको नेतृत्तको टोलीले इराक घटनाको समयमा धरौटी रकम फिर्ता गरिएको नजिर रहेको भन्दै यसका लागि आवश्यक पहल गर्न आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण थला परेको व्यवसायलाई चलायमान बनाउन पनि व्यवसायीले जम्मा गरेको ५० लाख रुपैयाँ व्यवसायीले केही समयका लागि चलाउन पाए राहत हुने उनले बताए । इराक घटनाको समयमा व्यवसायीले राखेको ५ लाख रुपैयाँ धरौटी रकम व्यवसायीले चलाउन पाएको नजिर प्रस्तुत गर्दै व्यवसायीलाई राहत दिनका लागि यस्तो गर्नु पर्ने उनको सुझाव छ ।
महानिर्देशक काफ्लेले धरौटी रकम सोधभर्ना गर्न पाउने विषयमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संकटको समयमा सञ्चालन गर्ने गरी जम्मा गरिएको रकम कोभिडले समस्या उत्पन्न भएको समयमा व्यवसायीलाई सोधभर्ना गर्ने विषयमा विभागले पहल गर्ने उनले बताए ।
यसैबीच एशोसिएसनको टोलीले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट १० हजार रुपैयाँ मात्रै लिने भनी तोकिएको सेवा शुल्क व्यवहारिक नभएको बताएको छ । सेवा शुल्कको नाममा श्रमिक र सरकार मर्कामा परेको भन्दै यसलाई पुनर्विचार गर्नुपर्ने एसोसिएसनका प्रथम उपाध्यक्ष अर्यालले बताएका छन् । अहिलेको १० हजार मात्रै लिन पाउने व्यवस्थाले राज्यको राजस्वमा समेत कमी आएको भन्दै यसबाट श्रमिक ठगिएको उनले बताए ।
सरकारले कोरिया र इजरायल श्रमिक पठाउन लाखौँ रकम लिने गरेको भन्दै व्यवसायीलाइ १० हजार मात्रै लिन भन्नुले सरकारले इजाजत दिएका व्यवसायीलाई रोकेर आफै व्यापार गर्न खोजेको जस्तो देखिएको व्यवसायीहरूले बताएका छन् ।
योसँगै मागपत्र प्रमाणीकरणको कार्य गर्नका लागि श्रम मन्त्रालका कर्मचारी खटाउन पनि एशोसिएसनले माग गरेको छ । दूतावासबाट हुने माग प्रमाणीकरण कार्यमा परराष्ट्र मन्त्रालका कर्मचारी हुँदा समस्या भएको एशोसिएसनले जनाएको. छ ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रवि लामिछाने आज नछुट्ने
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया