हेलिकप्टरभरि पैसा लिएर भागेको भन्दै पूर्व राष्ट्रपतिमाथि अमेरिकाले अनुसन्धान गर्ने

काठमाडौँ । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेसँगै देश छाडेर भागेका तत्कालीन राष्ट्रपति अशरफ गनीमाथि अमेरिकाले जाँच गर्ने भएको छ । अमेरिकाले देश छाडेर भाग्ने क्रममा राष्ट्रपति गनीले कति रकम लिएर गए भन्ने विषयमा जाँच गर्ने भएको हो ।
काबुलस्थित रूसी दूतावास तथा मिडियाहरूले गनीले १५ अगस्तमा देश छाड्दै गर्दा एक हेलिकप्टरभरि पैसा लिएर गएको समाचार प्रकाशित गर्दै आएको थियो । समाचारमा जनाइएअनुसार गनीले यति पैसा लगेका थिए कि हेलिकप्टरमा नअटाएपछि बाँकी पैसा एयरपोर्टमा नै छाडेका थिए ।
तर, युएईमा रहेका तत्कालीन राष्ट्रपति गनीले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन् । उनले भने, ‘मैले आफ्नो साथमा सिर्फ आफूले लगाएको कपडाबाहेक केही लगेको छैन ।’
उनले अफगानिस्तानको एयरपोर्टबाट देश छाड्दै गर्दा केही सरकारी अधिकारी तथा उनका परिवारसमेत सोही जहाजमा सवार थिए ।
अमेरिकी संसदमा जाँच गर्न माग
सुरूमा अमेरिकी संसदमा तत्कालीन अफगानिस्तानका राष्ट्रपति गनीमाथि जाँच गर्न माग गरिएको थियो । सांसदहरूले गनीले अथाह पैसा लिएको गएको भन्दै जाँच गर्न माग गरेका थिए ।
यस क्रममा सांसद तथा इन्स्पेक्टर जनरल फर अफगानिस्तान रिकन्स्ट्रक्शनका प्रमुखले भनेका थिए, ‘गनी पैसा लिएर भागेका छन्, यसको जाँच अब पूरा नहुन सक्छ, त्यसैले उनी र उनको बैंक खातामाथि अनुसन्धान हुन आवश्यक छ ।’ एजेन्सी










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया