‘अपराधी जेलबाट छुट्दा स्वागत गर्ने सरकार देशको गहनाको सम्मान गर्न कञ्जुस गर्छ’

काठमाडौँ । जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपमा पदक जितेका खेलाडी मन्देकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन स्वदेश फिर्ता भएका छन् ।
अक्टोबर २ गते भएको प्रतियोगितामा श्रेष्ठले दोहोरो स्वर्ण पदक जितेका थिए भने महर्जनले १ स्वर्ण र १ कांस्य पदक जितेका थिए ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य इन्दिरा निरौलालगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । खेलाडीलाई स्वागत गर्दै उनले भनिन्, ‘खेलाडी भनेको देशको गहना हो, एउटा अपराधी जेलबाट छुट्दा स्वागत गर्ने सरकारले देशको गहना अर्थात खेलाडीको सम्मान गर्न कञ्जुस गरेको देखेको छु, यस्तो गर्नु हुँदैन ।’

प्रतियोगितामा सहभागी अर्का नेपाली खेलाडी सुमन तिमल्सिना यसअघिनै स्वदेश फर्किसकेका छन् । सुमनले पनि १ स्वर्ण र १ कांस्य हात पारेका थिए ।
नेपाल फर्किएपछि खेलाडीहरूले आफूहरूले देशका लागि खेल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए ।


















कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया