राप्रपाको महाधिवेशन समय तालीकामा हेरफेर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको समय तालीका हेरफेर गरेको छ । पार्टी अध्यक्षहरु डा प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणा र कमल थापाको उपस्थितिमा बसेको केन्द्रीय बिशेष समितिको बैठकले महाधिवेशनको समय तालीका हेरेफर गरेको हो ।
राप्रपाले जिल्ला अधिवेशनको म्याद थप्ने निर्णय गरेको छबैठकले जिल्ला अधिवेशन गर्ने म्याद कार्तिक १४ गतेसम्म थप गरेको छ । राप्रपाले असोज २० गतेसम्म जिल्ला अधिवेशन गर्ने म्याद थपिएको थियो त्यसमा पुनः समय थपेको हो । यस्तै बैठकले सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्री गर्ने म्याद कार्तिक १० गतेसम्मका लागि थप गर्ने निर्णय पनि गरेको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन कार्तिक ११ देखि १७ गतेसम्म र ७ वटै प्रदेश कार्य समितिको अधिवेशन कार्तिक २३ गतेसम्मको समय थप गरिएको छ । प्रदेश सभा निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन १७ गते, जिल्ला अधिवेशन कार्तिक २३ गतेसम्म गर्ने निर्णय भएको राप्रपाले जनाएको छ । राप्रपाले कार्तिक २७, २८, २९ र ३० गते काठमाडौँमा महाधिवेशन गर्ने यसहघि नै निर्णय गरेको थियो ।
















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया