न्याय माग्दै नेपालगन्जबाट काठमाडौँ आएका महिलाहरु धर्नामा (फोटोफिचर)

काठमाडौँ । न्याय माग्दै नेपालगन्जबाट पदैलयात्रा गरेर काठमाडौँ आएका महिलाहरुले प्रर्दशन गरेका छन् । उनीहरुले आइतबार माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् ।

उनीहरु नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौँ पुगेका हुन् । न्यायका लागि महिला अधिकार मञ्चका पदाधिकारीसहित १४ जना नेपालगन्जदेखि पैदलयात्रामा काठमाडौँ आएका हुन् । उनीहरूले ‘महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदार’ भन्दै २० दिनदेखि पैदलयात्रा गरेका थिए । उनीहरूले नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मी हत्याका दोषीलाई तत्काल कारबाही गर्न माग गरिरहेका छन् ।

यस्तै उनीहरुले बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेलाई कारबाही गर्न पनि सरकारसँग माग गरेका छन् । २० दिनदेखि पदैलयात्रा गरेर काठमाडौँ आएकी रुबु खानले बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेलाई कारबाही गर्नुपर्ने बताएकी छन् । बाँकेकी नन्कुन्नी धोबी र निर्मला कुमी हत्यामा किटानी जाहेरी दिँदा पनि एसपी अधिकारी र डिएसपी न्यौपानेलाई अनुसन्धान अगाडि नबढाएको भन्दै धर्नामा बसेकी रुबी खानलाई प्रहरीले शुक्रबार प्रक्राउ गरेको छ ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
प्रतिक्रिया