डोरीको लागि महिलाको हत्या, ३ जना पक्राउ

काठमाडौं । गत २५ भदौमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका घर भई हाल ललितपुरको सुनाकोठीमा बस्दै आएकी ४५ वर्षीया कमला तामाङ आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिईन् । प्रहरीले उनको शवलाई बरामद गरेर अनुसन्धान गर्दा उनको हत्या भएको पुष्टि भएको थियो ।
मृतक तामाङलाई डोरीले घाटीमा कँसी हत्या गरेको पुष्टि गर्दै प्रहरीले हत्यामा संलग्नको खोजी कार्य सुरु गरेको थियो । खोजी जारी गरेको झण्डै एक महिनाको अन्तरालमा २१ असोजमा मोरङ जिल्लाको पथरी शनिस्चरे नगरपालिका–८ मंगलबारे घर भई हाल ललितपुरको हरीसिद्धि बस्दै आएका २० वर्षीय सुमन मगरलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ परेका मगरसँगको सोधपुछपछि प्रहरीले गत २२ असोजमा थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको रक्सिराङ गाउँपालिका-५, प्याङचे टोल घर भई हाल ललितपुरको हरिसिद्धि, नयाँबस्ती बस्ने २३ वर्षीय सबिन प्रजा र निजकी श्रीमती १८ वर्षीया प्रविना प्रजा माझी रहेका छन् ।
डोरीकै लागी हत्या…
प्रहरीका अनुसार अनुसन्धानका क्रममा घटनामा संलग्न सबिन प्रजा र सुमन मगरले मानिस पासो लागी मरेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का (पैसा), दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरू महत्वपुर्ण हुने र करोडौं रुपैंयामा बिक्रि हुने भन्ने कुराहरू सुनी सोही अन्धविश्वासमा कारण कमलाको हत्या गरेको पाइएको छ ।
डोरी प्राप्त गरी रकम आर्जन गर्ने उद्देश्यले सुमन मगरको पुर्व चिनजान एवं अवैध सम्बन्ध हुने गरेकाे, टहरामा एक्लै बस्ने मृतक तामाङलाई गत २५ भदौ साँझ मृतकको टहरामा गई खानपिन (मापसे) गरी सुत्ने क्रममा मृतकको हात बाँधेर घाँटीमा डोरीले कसी हत्या गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
हत्या पश्चात मृतकको कानमा लगाएको गहना र मोबाइलसमेत लुटी फरार रहेकोमा घटनामा संलग्न सविन प्रजा, सुमन मगर र प्रविना प्रजा माझीलाई पक्राउ गरी थप अनुसन्धान कार्यको लागी महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर पठाईएको छ ।













Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
नगद तथा गरगहनासहित एक जना पक्राउ
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया