मुगु दुर्घटना : मृतकको परिवारलाई क्षतिपूर्ति दिन प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
बिहिबार विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले सरकारलाई सो आग्रह गरेका हुन् ।
विजया दशमीको मुखमा हिजो मुगुमा भएको बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरले स्तब्ध बनाएको प्रचण्डले उल्लेख गरेका छन् । साथै, कास्की, अछाम लगायत देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको प्रचण्डको विज्ञप्तिमा उल्लेख छ ।
दिवंगत नागरिकहरुमा श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।
नेपाली सडकको दुरावस्थाका साथै सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव, चाडपर्वहरुमा क्षमताभन्दा बढी यात्रुहरुको ओसारपसार र सरोकारवाला निकायबाट निगरानी नहुँदा सवारी दुर्घटनाका घटनाहरु बढ्दै गइरहेको प्रचण्डले जनाएका छन् ।
यस प्रकारका घटना न्यूनीकरण गर्न सम्बन्धित स्थानीय निकाय, प्रदेश र सिंगो राज्यलाई विशेष ध्यान पुर्याउन उनले आग्रह गरेका छन् ।











निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
झापा भिरबाट लडेर एक जनाको मृत्यु
देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया