लेबनानमा प्रदर्शन : ६ जनाको मृत्यु, ३२ जना घाइते

एजेन्सी। लेबनानको राजधानी बेरुतमा भएको प्रदर्शनमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ। अरु ३२ जना घाइते भएका छन् ।
गएको वर्ष बेरुतको तटीय क्षेत्रमा भएको ठूलो बिस्फोटका सम्बन्धमा न्यायाधीशले गरेको अनुसन्धानको विरोधमा शिया मुसलमान समूह हेज्बुल्लाह र अमालले गरेको प्रदर्शनको क्रममा गोलीकाण्ड भएको हो। प्रदर्शनमा लेबनिज फोर्स (एलएफ) का क्रिष्टियन स्पाइनरहरुले गोली चलाएको हेज्बुल्लाह र अमालले बताएका छन् । तर एलएफले आरोप अस्वीकार गरेको छ।
गएको वर्ष तटीय क्षेत्रमा भएको बिस्फोटमा २१९ जनाको ज्यान गएको थियो । त्यो घटनाको संलग्नतालाई लिएर ठूलो विवाद छ । अनुसन्धानमा सहभागी न्यायाधीश तारेक बितार पक्षपाती रहेको आरोप हेज्बुल्लाहको छ। तर प्रभावितका परिवारले भने न्यायाधीशको कामको समर्थन गरेका छन्।
सन् २०२० को अगस्टमा भएको बिस्फोटलाई लिएर अहिलेसम्म कसैलाई पनि दोषी ठहर गरिएको छैन। बिहीबार भएको गोलीकाण्ड लेबनानमा पछिल्ला केही वर्षमा भएको खराब हिंसामा पर्छ । प्रधानमन्त्री नजिब मिकातीले शुक्रबारका लागि एक दिने शोकको घोषणा गरेका छन् । बीबीसी
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया