नेकपा एकीकृत समाजवादीभित्र चर्काे असन्तुष्टि
विद्यार्थीका अध्यक्षले नै सार्वजनिक रुपमा गरे नेतृत्वको आलोचना, कुन्ठाले मात्रै पार्टी संरचनाको नेता हुन्छु भन्ने सोच नराख्न सुझाव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा जिम्मेवारी हेरफेर र केन्द्रीय सदस्य चयनको विषयलाई लिएर तिब्र असन्तुष्टि उत्पन्न भएको छ । एमालेमा कार्यविभाजन र विधि पद्धतिको विषयलाई लिएर पार्टी विभाजन भएको तर अहिले केन्द्रीय सदस्य चयन र जिम्मेवारी वाँडफाँड नमिलेको भन्दै असन्तुष्टि उत्पन्न भएको हो ।
पार्टीले दशैको टिकाको अघिल्लो दिन जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी)मा ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी र ३४ सदस्यीय तीन केन्द्रीय आयोगसहित ४ सय ३७ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको छ । पदाधिकारीदेखि केन्द्रीय कमिटी सदस्यसम्म ‘जम्बो कमिटी’को अभ्यासमा अगाडि बढेको नेकपा समाजवादीले कार्यविभाजनसम्म पुग्दा ३४ जना केन्द्रीय सदस्य पनि थप्दा पनि पार्टी भित्र असन्तुष्टि उत्पन्न भएको हो ।
२१ असोजमा बसेको स्थायी समिति बैठकले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी र ७ सय १ जनाको केन्द्रीय परिषद बनाउने निर्णय सार्बजनिक गरेको थियो । त्यही बैठकले १८ जनाको पदाधिकारी संख्या बढाएर २२ पु¥याएको थियो । असोज २८को मिति राखेर शनिवार ३४ जना नेता थपेर कार्यविभाजन गरिएको सर्कूलर सार्बजनिक भएपछि असन्तुष्टि उत्पन्न भएको हो । केन्द्रीय कमिटी गठन र जिम्मेवारी बाँडफाँटलाई लिएर अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जिम्मेवारी बाँडफाँटमा विधि, पद्दति लत्याइएको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् ।
उनले कुन्ठाले मात्रै पार्टी संरचनाको नेता हुन्छु भन्ने सोच नराख्न कडा चेतावनी युक्त असन्तुष्टि सामाजिक सन्जालमै पोखेका छन् । उनको असन्तुष्टिले माधव नेपालको पार्टीभित्र भित्र भित्र जिम्मेवारी लगायतका विषयमा चर्काे असन्तुष्टि रहेको र त्यो छताछुल्ल हुन थालेको अर्थमा वुझन सकिने भएको छ ।
पराजुली माधव नेपाल नेतृत्वको अखिलका अध्यक्ष हुन् । उनी नेपाललाई अन्तिमसम्म साथ दिने विधार्थी नेतामा थिए । उनले नै असन्तुष्टि पोखेपछि त्यस पार्टीभित्र चर्काे असन्तुष्टि पार्टी स्थापनाको दुई महिना नपुग्दै देखिन थालेको बुझन सकिने नेताहरुकै भनाई छ ।










जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध मुद्दा
प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेट
सिद्धार्थ बैंकको भर्चुअल क्रेडिट कार्ड सार्वजनिक
बर्दिया घटनाको छानबिन गर्न समिति गठन
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया