नेकपा एकीकृत समाजवादीभित्र चर्काे असन्तुष्टि
विद्यार्थीका अध्यक्षले नै सार्वजनिक रुपमा गरे नेतृत्वको आलोचना, कुन्ठाले मात्रै पार्टी संरचनाको नेता हुन्छु भन्ने सोच नराख्न सुझाव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा जिम्मेवारी हेरफेर र केन्द्रीय सदस्य चयनको विषयलाई लिएर तिब्र असन्तुष्टि उत्पन्न भएको छ । एमालेमा कार्यविभाजन र विधि पद्धतिको विषयलाई लिएर पार्टी विभाजन भएको तर अहिले केन्द्रीय सदस्य चयन र जिम्मेवारी वाँडफाँड नमिलेको भन्दै असन्तुष्टि उत्पन्न भएको हो ।
पार्टीले दशैको टिकाको अघिल्लो दिन जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी)मा ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी र ३४ सदस्यीय तीन केन्द्रीय आयोगसहित ४ सय ३७ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको छ । पदाधिकारीदेखि केन्द्रीय कमिटी सदस्यसम्म ‘जम्बो कमिटी’को अभ्यासमा अगाडि बढेको नेकपा समाजवादीले कार्यविभाजनसम्म पुग्दा ३४ जना केन्द्रीय सदस्य पनि थप्दा पनि पार्टी भित्र असन्तुष्टि उत्पन्न भएको हो ।
२१ असोजमा बसेको स्थायी समिति बैठकले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी र ७ सय १ जनाको केन्द्रीय परिषद बनाउने निर्णय सार्बजनिक गरेको थियो । त्यही बैठकले १८ जनाको पदाधिकारी संख्या बढाएर २२ पु¥याएको थियो । असोज २८को मिति राखेर शनिवार ३४ जना नेता थपेर कार्यविभाजन गरिएको सर्कूलर सार्बजनिक भएपछि असन्तुष्टि उत्पन्न भएको हो । केन्द्रीय कमिटी गठन र जिम्मेवारी बाँडफाँटलाई लिएर अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जिम्मेवारी बाँडफाँटमा विधि, पद्दति लत्याइएको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् ।
उनले कुन्ठाले मात्रै पार्टी संरचनाको नेता हुन्छु भन्ने सोच नराख्न कडा चेतावनी युक्त असन्तुष्टि सामाजिक सन्जालमै पोखेका छन् । उनको असन्तुष्टिले माधव नेपालको पार्टीभित्र भित्र भित्र जिम्मेवारी लगायतका विषयमा चर्काे असन्तुष्टि रहेको र त्यो छताछुल्ल हुन थालेको अर्थमा वुझन सकिने भएको छ ।
पराजुली माधव नेपाल नेतृत्वको अखिलका अध्यक्ष हुन् । उनी नेपाललाई अन्तिमसम्म साथ दिने विधार्थी नेतामा थिए । उनले नै असन्तुष्टि पोखेपछि त्यस पार्टीभित्र चर्काे असन्तुष्टि पार्टी स्थापनाको दुई महिना नपुग्दै देखिन थालेको बुझन सकिने नेताहरुकै भनाई छ ।

















कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
प्रधानन्यायाधीश सिफारिस प्रति सपना प्रधान मल्लले सार्वजनिक मञ्चबाटै जनाइन् असन्तुष्टी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया