वर्षाले कृषि बालीलाई राहत

रामपुर (पाल्पा) । वर्षा भएपछि यहाँका कृषक खुशी भएका छन् । वर्षाले विशेषगरी तरकारीखेतीलाई सहयोग पु¥याएको छ । पसाउँदै गरेको धानबालीमा सिँचाइ दिनुपर्ने समयमा वर्षाभएपछि धेरै सजिलो भएको कृषक तिलकराम पाण्डेय बताए । उनका अनुसार पसाउन लागेको धानबाली, कोपिला लाग्दै गरेका काउली बन्दा, साग, मुला, बोडी, गेँडागुडीलगायतका अहिले सिँचाइको उपयुक्त समय मानिन्छ ।
स्थानीयवासी सरस्वती सोमैले भने “काउली बन्दामा नियमित बिहान साँझ पानी बोकेर बिरुवाको फेदमा मात्रै राखिन्थ्यो, दैनिक पानी बोक्दा निकै सास्ती हुन्थ्यो, अहिले फल लाग्ने बेलामा पानी परेपछि धेरै सजिलो भयो ।”
कुलो, नहर, थोपाइ सिँचाइ माध्यमबाट सिँचाइ हुने जग्गामा पानीको अभाव नभए पनि पाखोबारी, सिँचाइ नलाग्ने जग्गामा लगाएका काउली, बन्दा, आलु, सागलगायतका विभिन्न कृषि बालीलाई समयमा नै पानी परेपछि धेरै राहत मिलेको अगुवा कृषक दिलबहादुर थापाले बताए ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया