दसैँमा ७ करोडको खसीबोकाको कारोबार

काठमाडौँ । धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशुहाटबाट यो वर्षको दसैँमा ७ करोड बराबरको खसीबोका कारोबार भएको छ । कोरोना महामारीका कारण धरानको पशुहाट गत असोज महिनामा मात्र खुलेको थियो ।
असोजभरि ७ हजार र दसैँमा मात्र तीन हजार खसीबोका बिक्री वितरण गर्दा ७ करोडको कारोबार भएको कृषि उपज बजार व्यवस्थापन समितिले जनाएको छ । समितिका व्यवस्थापक लक्ष्मण भट्ट्राराईका अनुसार दसैँअगाडिका दुई हप्तामा २ करोडको खसीबोका कारोबार भएको थियो ।
दसैँको मुखमा ५ करोडको कारोबार भएको छ । धरानमा कोशी र मेची करिडोरका जिल्लाबाट खसीबोका बिक्रीका लागि किसानले ल्याउने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए ।
उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, पाँचथर, सुनसरी, मोरङलगायत जिल्लाबाट यहाँ खसीबोका बिक्रीका लागि ल्याइन्छ । धरानमा प्रत्येक शुक्रबार धरान १३ स्थित हाट लाग्ने गरेको छ । किसानले बिहीबार नै खसीबोका ल्याउँछन् ।
शुक्रबार हाटमा बिक्रीवितरण गरिँदै आएको छ । ‘पछिल्लो समय कृषि फार्ममा बाख्रा पाल्नेको संख्या बढेसँगै खसीबोकाको उत्पादन पनि बढेको देखियो । किसानले यो वर्ष दैनिकजसो बिक्रीका लागि खसीबोका ल्याएका छन्,’ व्यवस्थापक भट्टराईले भने ।

















Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
हतियारसहित भक्तपुरमा एक जना पक्राउ
चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
Election preparations over in Sudurpaschim Province
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
प्रतिक्रिया