भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने मिति परिवर्तन
मेरोन्यूज
२०७८ कार्तिक २ गते १६:३३
काठमाडौँ । सरकारले बालबालिकालाई दिँदै आएको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने मिति परिवर्तन गरेको छ । हरेक वर्ष कार्तिक ३ र ४ गते खुवाउँदै आएको भिटामित ए र जुकाको औषधि यस वर्ष ७ र ८ गते खुवाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै मिति परिवर्तन भएको जनाकारी दिएको हो । यस वर्ष नियमित समयमा दशैँ परेकाले मिति सार्नु परेको मन्त्रालयले जनाएको छ ।
यस्तै, भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा सही तरिकाले मास्क प्रयोग गरी भौतिक दूरी कायम गर्नसमेत आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस रोकथामका मापदण्ड पालना गरी कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।

सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया