वन्यजन्तुबाट हुने सांघातिक आक्रमण रोकथामका रणनीति तय गर्नुपछ : एनपी साउद

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता एनपी साउदले वन्यजन्तुबाट हुने सांघातिक आक्रमण रोकथामका लागि सरकारले रणनीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले वन्यजन्तुको आक्रमण रोकथामका लागि वन सीमावर्ती क्षेत्रका जनताको सम्पत्ति र सुरक्षाको आवश्यक रणनीति तय गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।
‘सुदूरपश्चिम र देशभरी वन्यजन्तुहरूबाट भइरहेको सांघातिक आक्रमण रोक्नका लागि सरकारले वन सीमावर्ती क्षेत्रका जनताको सम्पत्ति र सुरक्षाको आवश्यक रणनीति तय गर्न जरूरी भएको छ,’ नेता साउदले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकारबाट पीडित परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दछु।’
बुधबार बिहानमात्रै उनको गृहजिल्ला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बसन्तपुरमा जंगली हात्तीको आक्रमणबाट ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी ४५ वर्षीया धर्मपत्नी मथुरा कार्कीको मृत्यु भएको थियो ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया