थप ६६२ जनामा कोरोना संक्रमण,१३ जनाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक ३ गते १६:४०

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६२ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट ५३५ र एन्टिजेन परीक्षणबाट १२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार अहिले पनि कोरोना संक्रमण हुने दर १८ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ४२६ नमुनाको कोरोना परीक्षण भएको छ । जसमा ७ हजार २२ पीसीआर र १४०४ एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा ७५८ जना कोरोनामुक्त भएका छन् । कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । अहिले देशभर पीसीआर परीक्षणको संक्रमणदर ७।६ प्रतिशत रहेको प्रवक्ता पौडेलले बताउनु भयो । पहिलेको तुलनामा संक्रमणदर कम भएपछि जोखिम उत्तिकै रहेको उहाँको भनाइ छ । नेपालको हालसम्मको कुल संक्रमणदर १८।६ प्रतिशत रहेको छ
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया