देउवाको सुदूरपश्चिम यात्रा, धनगढीमा सुरक्षा व्यवस्था कडा

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवा विहीबार सुदूरपश्चिम प्रदेशको यात्रामा निस्किएका छन् ।
बैमौसमको वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो नोक्सानी भएपछि प्रधानमन्त्री देउवा त्यस क्षेत्रको अवलोकनमा गएका हुन् । प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि सुदूरपश्चिम आएका हुन् ।

प्रधानमन्त्री देउवा प्रदेशको अस्थायी राजधानी धनगढी आउने भएपछि धनगढीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । धनगढी बजारमा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
प्रधानमन्त्री देउवाले बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुंगाड, डडेल्धुरा र कञ्चनपुरको निरीक्षणपछि बिहीबार धनगढी फर्किदै छन् ।

प्रधानमन्त्री देउवासँगै उक्त टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले‚ नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर लगायत छन् ।

















निर्वाचनको वातावरण बनेको छ : उपसभापति शर्मा
मतदाता शिक्षालाई कसरी प्रभावकारी बनाउने ?
प्रतिनिधिसभा निर्वाचन : घरदैलोमा व्यस्त ८३ वर्षीय उम्मेदवार हिरण्यप्रसाद
धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन
सवारी सुरक्षाका लागि ‘मापसे’ जाँचमा प्रहरी सक्रिय
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
प्रतिक्रिया