मंगलबार, फागुन १९, २०८२

चेम्बरले भन्यो– राष्ट्र बैंकको यसअघिको निर्देशन स्वागतयोग्य

मेरोन्यूज २०७८ कार्तिक ४ गते १९:२२

काठमाडौं । निक्षेप तान्न भन्दै बैंकहरुमा देखिएको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले जारी गरेको यसअघिको निर्देशनको नेपाल चेम्बर अफ कमर्शले स्वागत गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्र बैंकले निक्षेपको उच्च ब्याजदरमा नियन्त्रणको लागि भन्दै बैंकहरुलाई हालै गरेको परिपत्रको विषयमा नेपाल चेम्बर अफ कमर्शले ध्यानाकर्षण गराएको हो ।

बैंक तथा वित्तीय संस्थाको सीसीडी रेशियो ८५ प्रतिशतलाई खारेज गरी सीडी रेशियो ९० प्रतिशत गरिएकोले तरलताको अभाव पर्न गई बैंकहरुको ब्याजदर समेत बढेको भन्दै चेम्बरले तत्कालै पुरानै ब्यवस्था अनुरुप सीसीडी रेशियो न्यूनतम ८५ प्रतिशत कायम हुनुपर्ने धारणा राखेको छ ।

गत महिनाहरुमा दिएको ब्याजदरमा बढीमा १० प्रतिशत ब्याजदर निर्धारण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन र सस्थागत मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम हुनुपर्ने भनि यसअघि दिएको निर्देशन स्वागतयोग्य भएको चेम्बरले स्पष्ट गरेको छ ।

प्रतिक्रिया