कांग्रेस महाधिवेशन कहिले र कसरी गर्ने केन्द्रीय निर्वाचन समितिलाई सोध्नुहोस् : देउवा

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रोकिएको पार्टी अधिवेशनका विषयमा निर्वाचन समितिलाई सोध्न आग्रह गरेका छन् ।
शुक्रबार कैलालीमा पत्रकार सम्मेलनमा बोल्दै अधिवेशन कहिले, कहाँ र कसरी गराउने भन्ने सम्पूर्ण अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिईएको बताएका हुन् ।
१४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु भइसकेको भन्दै उनले कोभिड–१९ तथा बाढी–पहिरोजस्ता प्राकृतिक विपत्ति अधिवेशनमा बाधक भएको पनि बताए ।
उनले पार्टीको निर्वाचन समिति पार्टी अधिवेशन गराउन स्वायत्त र स्वतन्त्र समिति भएको उल्लेख गरे ।
उनले भने ,’देशमा निर्वाचन आयोग छ नि, हाम्रो पार्टीमा पनि त्यस्तै निर्वाचन समिति छ । उसको काम निष्पक्ष निर्वाचन गराउने हो । यो स्वतन्त्र छ, अब उहाँहरूको हातमा गइसक्यो । कहिलेदेखि कहाँ–कहाँ चुनाव गराउने सबै उहाँहरूलाई सोध्नुहोस् ।”
१३ जिल्लामा पार्टीको वडा तहको अधिवशेन नै हुनसकेको छैन । प्रदेश नम्बर–२ का आठवटै जिल्लाहरूमा अधिवेशन हुन बाँकी छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया