कांग्रेस महाधिवेशन कहिले र कसरी गर्ने केन्द्रीय निर्वाचन समितिलाई सोध्नुहोस् : देउवा

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रोकिएको पार्टी अधिवेशनका विषयमा निर्वाचन समितिलाई सोध्न आग्रह गरेका छन् ।
शुक्रबार कैलालीमा पत्रकार सम्मेलनमा बोल्दै अधिवेशन कहिले, कहाँ र कसरी गराउने भन्ने सम्पूर्ण अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिईएको बताएका हुन् ।
१४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु भइसकेको भन्दै उनले कोभिड–१९ तथा बाढी–पहिरोजस्ता प्राकृतिक विपत्ति अधिवेशनमा बाधक भएको पनि बताए ।
उनले पार्टीको निर्वाचन समिति पार्टी अधिवेशन गराउन स्वायत्त र स्वतन्त्र समिति भएको उल्लेख गरे ।
उनले भने ,’देशमा निर्वाचन आयोग छ नि, हाम्रो पार्टीमा पनि त्यस्तै निर्वाचन समिति छ । उसको काम निष्पक्ष निर्वाचन गराउने हो । यो स्वतन्त्र छ, अब उहाँहरूको हातमा गइसक्यो । कहिलेदेखि कहाँ–कहाँ चुनाव गराउने सबै उहाँहरूलाई सोध्नुहोस् ।”
१३ जिल्लामा पार्टीको वडा तहको अधिवशेन नै हुनसकेको छैन । प्रदेश नम्बर–२ का आठवटै जिल्लाहरूमा अधिवेशन हुन बाँकी छ ।










आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया