आईसीसी टी–२० विश्वकप क्रिकेटमा साविक विजेता वेस्ट इन्डिज पराजित
मेरोन्यूज
२०७८ कार्तिक ७ गते ८:०३

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा साविक विजेता वेस्ट इन्डिज पराजित भएको छ । गएराति यूएईमा भएको खेलमा इङ्ग्ल्यान्डले साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इङ्ग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १४ ओभर २ बलमा अलआउट हुँदै ५५ रन बनाएको थियो । यस्तै शनिबार भएको अर्को खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको छ ।
१ सय १९ रनको लक्ष्य पाएको अष्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै भेट्टाएको हो । टी–२० विश्वकप क्रिकेटमा हिजोदेखि सुपर १२ का खेल सुरु भएका हुन् ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया