नेप्सेमा सुधार, दोहोरो अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक कारोबार हुने साताको पहिलो दिन आइतबार दोहोरो अंकले वृद्धि भएको छ ।
बजार परिसुचक २७ दशमलव ५१ अंकले वृद्धि भई २ हजार ५ सय ८४ दशमलब ५२ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिन अर्थात गत विहिबारभन्दा १ दशमलब ८ प्रतिशतले धेरै हो ।
कारोबार हुने साताको अन्तिम दिन गत विहीबार बजार परिसूचक १४ दशमलव ७० अंकले घटेको थियो ।
दशैपछि गत आइतबार र बुधबार नेप्से बढ्दा उत्साहित देखिएका लगानीकर्ता अन्य ३ दिन गिरावट आउँदा निराशापन देखिएका थिए । आइतबार केही हरियो संकेतमा सबैमा खुसिपन छाएको छ ।
आइतबार ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ७ दशमलव २४ अंकले वृद्धि भएको छ । कारोबार भएका १३ कम्पनीका उपसुचकमध्ये व्यापार बाहेक अरु सबैले नाफा कमाएका छन् । सबैभन्दा बढी उत्पादन कम्पनी समूहको उपसुचक १०५.५४ अंकले वृद्धि भएको छ ।
आइतबार कारोबार भएका कूल २२५ कम्पनीका ३८ हजार १ सय ४७ कारोबारबाट २ अर्ब ७७ करोड ३४ लाख २० हजार १ सय ३५ रुपैयाँ बराबरका ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।










राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया