वडाध्यक्षको मोटरसाइकल प्रहरी नियन्त्रणमा

कैलाली । कैलालीमा एक वडाध्यक्षको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष छवीलाल हौजालीले प्रयोग गर्दै आएको सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।
वडा कार्यालयको से १ ब ७८२ नम्बरको सरकारी मोटरसाइकल झैंझगडामा प्रयोग गरिएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत असोज २९ गते चुरे गाउँपालिका–४, बालुवागडामा बिहे भोजमा वडाध्यक्षका भतिजा चक्रबहादुर हौजालीले सरकारी मोटरसाइकल प्रयोग गरेर झैंझगडा गरेका थिए ।
‘सरकारी मोटरसाइकलमा तीन जना बोकेर वडाध्यक्षका भतिजा चक्रबकादुरले स्थानीयलाई कुटपिट गरेका थिए,’ स्थानीय कृष्णबहादुर कामीले भने,‘सरकारी गाडीको दुरुपयोग गरेर स्थानीयलाई कुटपिट गर्नु गलत हो ।’ कुटपिटपछि स्थानीयले सरकारी मोटरसाइकल कब्जामा लिई प्रहरीलाई बुझाएका थिए ।
दशैंको बिदामा सरकारी मोटरसाइकल प्रयोग गरेर झैंझगडा गरिएको देखिएको बताउँदै इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी प्रेम शाहीले भने, ‘वडाअध्यक्षको मोटरसाइकल स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएको थियो ।’
अहिले सो मोटरसाइकल इलाका प्रहरी कार्यालय चौमालामा राखिएको छ । वडाध्यक्ष छविलाल हौजालीले आफू चढ्दै आएको सरकारी नम्बर प्लेटको गाडी भतिजा चक्रबहादुर हौजालीलाई सामाजिक सुरक्षा भत्ताको कागजात बनाउनका लागि दिएको स्वीकारे । उनले भने, ‘मैले त सरकारी कामका लागि मोटरसाइकल दिएको थिए, तर उनी भने बालुवागडा गएका रहेछन् ।’
असोज २९ गते भएको झगडामा वडाध्यक्षका भतिजालगायतको समूहको कुटपिटबाट बालुवागडाका स्थानीय चक्र खत्री, महेन्द्र गुरुङ र खगेन्द्र खत्तेडी, कृष्ण बिक घाइते भएका थिए ।
स्थानीय पीडित युवाहरुले पीडकका नाममा जाहेरी दिए पनि प्रहरीले जाहेरी लिन मानेको छैन ।
















चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
Election preparations over in Sudurpaschim Province
फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
HoR elections: Nepal-India border closed for 72 hours since last midnight
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया