धनगढीमा प्रहरी हत्या प्रकरण : नौ जनालाई जन्मकैदको फैसला

कैलाली । धनगढीमा प्रहरी सहायक निरिक्षक र प्रहरी जवानको हत्या अभियोग लागेका नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ। मंगलवार जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको इजलासले नौ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
धनगढी उपमहानगरपालिका–१० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाइएको कैलालीका सहायक न्यायधिवत्ता सुर बहादुर परियारले जानकरी दिए ।
उनीहरूलाई अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो । उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेका थिए । यस्तै पक्राउ परेकामध्ये राजिव गुप्ताले भने सफाई पाएका छन् ।
नौ जना प्रतिवादीहरुले गुप्ताको बारेमा नबोलेपछि सफाई दिएको जिल्ला अदालत कैलालीले जनाएको छ । २०७७ कार्तिक १ गते राति साढे १० बजे अस्थाई प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या भएको थियो । धनगढी उपमहानगरपालिका १० स्थित मोहना नदीबाट अन्दाजी चार मिटर उत्तरमा सीमामा अबैध समानहरुको तस्करी गरिरहेका तस्करहरुको समुहलाई











टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
प्रतिक्रिया