प्रधानन्यायाधिश जबराले गरे पाँच मुद्दामा सुनुवाइ

काठमाडौँ । प्रधानन्यायाधिश चोलेन्द्रशमसेर जबराले पाँच मुद्दामा आदेश दिएका छन् । प्रधानन्यायाधिश जबराल बुधबार पाँच मुद्दामा आदेश दिएका हुन् । सर्वोच्च अदालतमा विवादका कारण दुई दिनदेखि सुनुवाई रोकेको थियो ।
जबराले दुई दिनसम्मको शून्य सुनुवाइको अवस्था रोक्न आज आफूसहितको इजलास तोकेका थिए । सोमबार र मंगलबार न्यायाधीशहरू इजलासमा नबसेपछि सर्वोच्चमा कुनै पनि मुद्दामाथि सुनुवाइ हुन सकेको थिएन । जबराले आफ्नो इजलासमा पाँच मुद्दाको पेसी तोकेकोमा सबैमा आदेश दिएका छन् ।
उनले आफ्नो इजलासमा अदालतको अवहेलना, सम्पति शुद्धीकरण, बन्दीप्रत्यक्षीकरणको २ वटा मुद्दा, कालोवजार र अन्य केही सामाजिक अपराध सम्बन्धि कसुरमाथिका मुद्दामा पेशी तोकेका थिए ।
प्रधानन्यायाधिश जबराले पहिलो मुद्दा तामेलीमा पठाउने आदेश गरेका छन्। दोस्रो निवेदन फिर्ता गर्ने, तेस्रो र चौथोमा कारण देखाउ आदेश र पाँचौमा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएका छन् । प्रधानन्यायाधीश राणाले अाजका लागि आफ्नो एकलसहित ११ वटा इजलास तोकेका थिए । उनी बाहेकका न्यायाधीशको इजलास अाजपनि बस्न सकेन।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया