गुठीचौर गाउँपालिकाका एकल पुरुषले भत्ता पाउने
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १७:००
काठमाडौँ । जुम्लाको गुठीचौर गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष ०७८–७९ मा एकल पुरुषलाई भत्ता दिने घोषणा गरेको हो ।
गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले ४१ वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई भत्ता दिने जानकारी दिएका हुन् । उनका अनुसार उनीहरूलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिने भएको हो । यसका लागि ७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जनाए ।
नेपाल सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । तर, गुठीचौर गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिने व्यवस्था गरेको हो ।
सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया