सुदूरपश्चिममा थप २९ जनामा कोरोना पुष्टि
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज थप २९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसिआर र एन्टिजेन विधिबाट एक हजार ८९ जनाको नमूना परीक्षण गर्दा २९ मा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
१६ जनामा आरटी पिसिआर र १३ मा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा संक्रमण देखिएको हो । पिसिआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १२, जिल्ला अस्पताल बैतडीमा दुई, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा एक-एक जनामा संक्रमण पुष्टि भएको हो ।
एन्टिजेन विधिमार्फत कञ्चनपुरका ७ र डडेल्धुराका ६ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा प्रदेशभर १२ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।
यसअघि यस प्रदेशमा बुधबार ४२ जनामा संक्रमण पुष्टि हुँदा ५ जना डिस्चार्ज भएका छन् ।
















युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
बाँकेमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालन
अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया