प्राज्ञ सरुभक्तलाई मुक्तक सागर सम्मान

गण्डकी । साहित्यकार एवं प्राज्ञ सरुभक्तलाई मुक्तक सागरबाट सम्मान गरिएको छ । मुक्तक विधाको उत्थान र विकासमा क्रियाशील मुक्तक मञ्च केन्द्रीय समिति पोखरा र मुक्तक सागर त्रैमासिक पत्रिकाले संयुक्तरूपमा उनीलाई सो सम्मान अर्पण गरेको हो ।
पोखरामा आयोजित एक समारोहका बीच मुक्तक सागरका तर्पmबाट पत्रिकाका सम्पादक निशा केसीले उक्त सम्मान अर्पण गरेका हुन् । कार्यक्रममा सम्मानित व्यक्तित्व तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले मुक्तकको उन्नयन र विकासमा मुक्तक सागर साहित्यिक त्रैमासिक पत्रिकाले निरन्तर खेलेको भूमिकाको चर्चा गर्दै मुक्तकसम्बन्धी विस्तृत विमर्श गर्ने समय आइसकेको बताए ।
पोखरेली कवि रमेश श्रेष्ठ, पोखरा महानगर प्राज्ञ सरस्वती श्रेष्ठ सरु र मञ्चका सल्लाहकार तथा साहित्यकार दीपक समिपले सरुभक्तले मुक्तक र साहित्यिक क्षेत्रमा पु¥याउँदै आएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको बताए । मुक्तक मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रममा वसन्त गौतम, ईश्वरमणि अधिकारी, भूमिराज बस्ताकोटी, दीपक समिप, रुपिन्द्र प्रभावी, शीतल गिरी, कपिल शर्मा, गीता तिवारी, अम्बिका भण्डारी, कृष्ण सुवेदी, सरोज पौडेल, अमृता पोखरेल, शंकर ज्ञवालीलगायतले मुक्तक वाचन गरेका थिए ।
















प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया