सर्वोच्चमा कालोपट्टी बाँधेर कानून व्यवसायीले गरे प्रदर्शन

काठमाडौँ । सर्वोच्च अदालतमा कानून व्यवसायीले प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आइतबार कानून व्यवसायीले प्रदर्शन सुरु गरेका हुन् ।
नेपाल बार एशोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर विरोध कार्यक्रम गर्दैछन् । बारले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध गर्न लागेको हो । बारले आजदेखि तीन दिनसम्म विरोध गर्दैछ ।
प्रधानन्यायाधीश जबराले सरकारमा भाग मागेको, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको गरिमा कायम राख्न नसकेको भन्दै बारले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको थियो । प्रधानन्यायाधिश जबराले १६ गतेसम्म राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने बारले जनाएको छ ।
यस्तै बारको प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत प्रवेशमा कडाइ गरिएको छ ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया