सर्वोच्चमा कालोपट्टी बाँधेर कानून व्यवसायीले गरे प्रदर्शन

काठमाडौँ । सर्वोच्च अदालतमा कानून व्यवसायीले प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आइतबार कानून व्यवसायीले प्रदर्शन सुरु गरेका हुन् ।
नेपाल बार एशोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर विरोध कार्यक्रम गर्दैछन् । बारले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध गर्न लागेको हो । बारले आजदेखि तीन दिनसम्म विरोध गर्दैछ ।
प्रधानन्यायाधीश जबराले सरकारमा भाग मागेको, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको गरिमा कायम राख्न नसकेको भन्दै बारले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको थियो । प्रधानन्यायाधिश जबराले १६ गतेसम्म राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने बारले जनाएको छ ।
यस्तै बारको प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत प्रवेशमा कडाइ गरिएको छ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया