विदेशी लगानीमा राष्ट्र बैंकको जोड

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार’ विषयमा अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनले नेपालका अधिकांश फर्मलाई डेरिभेटिभ प्रोडक्टसम्बन्धी जानकारी नभएको उल्लेख गरेको छ । दक्षिण एसियामा उक्त बजारको उपयोगका सन्दर्भमा नेपाल कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ ।
सार्क मुलुकमध्ये भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकामा विदेशी विनियम डेरिभेटिभ बजार अन्य मुलुकको तुलनामा बढी व्यवस्थित र फराकिलो रहेको अध्ययनले देखाएको छ । करिब ८१ गैरवित्तीय फर्ममध्ये करिब १४.८ प्रतिशतले मात्रै डेरिभेटिभ प्रोडक्टको प्रयोग गर्ने गरेका छन् । जसमा अधिकांश स्टिल तथा धातु उत्पादक फर्महरु रहेका छन् ।
११५ फर्ममाथि गरिएको सर्वेक्षणमा दैनिक कारोबारमा विदेशी विनिमयको जोखिम नरहेको भन्ने फर्महरुमा ३७ प्रतिशत रहेको र विदेशी विनिमयको जोखिम रहेको भन्ने बाँकी ५२.९ प्रतिशतलाई डेरिभेटिभ प्रोडक्ससम्बन्धी जानकारीको अभाव रहेको अध्ययनले देखाएको छ ।
अध्ययनका अनुसार विदेशी विनिमय डेरिभेटिभ बजारका उपरकणमध्ये नेपालका सबै वाणिज्य बैंकले ‘फर्वाड मार्केट’ र ५० प्रतिशत वाणिज्य बैंकहरू ‘स्वाप्स’ कारोबारमा संलग्न रहेको छन् । तरलता, बजार सहभागिता, कानूनी व्यवस्था, विषयवस्तुको ज्ञान एवं बजार पूर्वाधारको आधारमा नेपाल विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा रहेको अध्ययनले देखाएको छ ।
यस बजारको प्रवद्र्धन गर्न छुट्टै कानुनी व्यवस्था गर्नु पर्ने अध्ययनको निष्कर्ष रहेको छ । हालको ‘ओभर द काउण्टर, ओटीसी’ बजारलाई प्रभावकारी बनाउँदै हेजिङलाई सहजता प्रदान गर्न एवं वैदेशिक लगानी आकर्षित गर्न ‘लङ टर्म फर्वाड’, ‘स्वाप्स’ र ‘अप्सन’ जस्ता उपकरणलाई प्रवद्र्धन गर्न अध्ययनले सुझाव प्रस्तुत गरेको छ ।










रास्वपा सभापति रवि लामिछाने रिहा
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया