बेलायती उद्योगपतिलाई लगानी गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती उद्योगपतिहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । उनले ‘ग्रिन एण्ड क्लीन’ ऊर्जामा लगानी गर्न बेलायती उद्योगपतिहरूलाई आग्रह गरेका हुन् ।
एक हप्ताका लागि बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा लण्डनका विभिन्न कार्यक्रम तथा भेटवार्तामा व्यस्त भएका छन । यसै क्रममा आइतबार उनले लामो समयसम्म समस्यामा रहँदै आएको भूतपूर्व गोर्खा सैनिक संगठनका पदाधिकारीसँग भेट गरी बेलायती कानुनअनुसार समस्याको समाधान गर्न पहल गर्ने प्रतिबद्धता गरेका थिए ।
यस्तै, कोप–२६ मा नेपालको उपस्थितिबारे मन्तव्य राख्दै उनले भने, ‘पछिल्लो समयमा जलवायु जस्ता विपद्ले पारेको प्रभाव, जलवायुको हानी नोक्सानी, अनुकूलन र न्यूनीकरणलगायत विषय नेपालको धारणा राख्ने छु ।’
उनी दुई दिने स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) अन्तर्गत विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुने छन् ।











निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
4 killed, 23 injured as bus plunges into ravine in Philippines
सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट ढुंगा खस्दा मजदुरको मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
प्रतिक्रिया