प्रधानन्यायाधीश राणाको बहिर्गमनबारे छलफल गर्न न्यायाधीशहरू बैठकमा

काठमाडौँ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै विरोध गर्दै आएका न्यायाधीशहरू छलफलमा बसेका छन् । न्यायालय सुधारको माग गर्दै विगत ८ दिनदेखि बेञ्च बहिष्कार गरिरहेका उनीहरू सोमबार आन्तरिक छलफलमा जुटेका हुन् ।
आज बिहान साढे ११ बजेदेखि न्यायाधीशहरु छलफलमा बसेका छन् । आइतबार प्रधानन्यायाधीश राणाले आफूले सम्मानजनक बहिर्गमन चाहेको प्रस्ताव गरेसँगै न्यायाधीशहरू छलफलमा जुटेका हुन् ।
प्रधानन्यायाधीशको प्रस्तावसँगै न्यायाधीशहरूले वार्ताका लागि ३ जना न्यायाधीशको एक समूह बनाएको थियो । न्यायाधीशहरुको समूहले अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशले खोजेको सम्मानजनक बहिर्गमनको बाटोका बारेमा छलफल गर्न पठाएको हो ।
उनीहरूले आइतबार दिउँसो साढे ४ बजे प्रधानन्यायाधीशसँग भेट गरी छलफल गरेका थिए । सोही छलफलका क्रममा प्रधानन्यायाधीशको भनाईबारे जानकारी दिन न्यायाधीशहरु आन्तरिक छलफलमा बसेका हुन् ।















सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
प्रतिक्रिया