मेगा बैंकको नाफा ५० प्रतिशत भन्दा बढी

काठमाडौं । मेगा बैंक नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ९१ करोड ४६ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म बैंकको यो नाफा ६० करोड ७९ लाख ३ हजार रुपैयाँ थियो ।
समीक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी १३ दशमलव ९६ प्रतिशतले बढेर एक अर्ब ५१ करोड ७३ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यस अवधिमा बैंकले एक अर्ब ३३ करोड १४ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको सञ्चालन नाफा ४७ दशमलव ९६ प्रतिशतले बढेर एक अर्ब ३० करोड ७१ लाख १३ हजार रुपैयाँ पुगेको मेगा बैंकले जनाएको छ ।
सो अवधिसम्म बैंकको वितरणयोग्य नाफा ४९ करोड ८३ लाख ७४ हजार रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०३ पैसाले बढेर २४ रुपैयाँ २४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९९ पैसा छ ।









आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचन प्रचारप्रसार गर्न बढीमा दुईवटा सवारीसाधन प्रयोग गर्न पाइने
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया