काठमाडौंमा देउसी भैलो खेल्ने समय तोकियो
मेरोन्यूज
२०७८ कार्तिक १६ गते १९:५२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा देउसी भैलो खेल्ने समय निर्धारण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै राती ९ बजेसम्म मात्रै देउसी भैलो र नाचगान गर्न आग्रह गरेको छ ।
कोरोना संक्रमणको जोखिम पनि कायमै रहेको भन्दै स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै देउसी भैलो खेल्न प्रशासनले आग्रह गरेको छ ।
साथै यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न, नगराउन पनि प्रशासनले अपिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जारी गरेको सूचनामा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पूजापाठका क्रियाकलाप गर्ने गराउने तथा मठमन्दिर, गुम्बा लगायका स्थानहरुमा भीडभाड नगर्न आग्रह गरिएको छ ।

सम्बन्धित
















म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट
मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया