काठमाडौंमा देउसी भैलो खेल्ने समय तोकियो
मेरोन्यूज
२०७८ कार्तिक १६ गते १९:५२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा देउसी भैलो खेल्ने समय निर्धारण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै राती ९ बजेसम्म मात्रै देउसी भैलो र नाचगान गर्न आग्रह गरेको छ ।
कोरोना संक्रमणको जोखिम पनि कायमै रहेको भन्दै स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै देउसी भैलो खेल्न प्रशासनले आग्रह गरेको छ ।
साथै यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न, नगराउन पनि प्रशासनले अपिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जारी गरेको सूचनामा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पूजापाठका क्रियाकलाप गर्ने गराउने तथा मठमन्दिर, गुम्बा लगायका स्थानहरुमा भीडभाड नगर्न आग्रह गरिएको छ ।

सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया