मुनाफा बढाउँदै बैंकहरु

काठमाडौँ । वित्तिय संस्थामा तरलताको बहस चलिरहेको अवस्थामा केही बैंकले मुनाफा कमाएका छन् । आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अर्थ संवादमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कोभिड १९ को प्रभाव विस्तारै न्यूनीकरण हुँदा छिटो रिकभर भएको बताएका थिए ।
तर कोभिड १९ का कारण कतिपय ऋणी समस्यामा नदेखिएका होइनन् । नेपाल बैंकर्स एशोसियशनले जारी गरेको सूचनानुसार २३ वटा वाणिज्य बैंकले खराब कर्जा व्यवस्थापन गरेर मुनाफामा सुधार ल्याएको जनाएको छ । एशोसियशन अनुसार बैंकको खराब कर्जा बढेको देखिए पनि उनीले ऋणीलाई विभिन्न सुत्र प्रयोग गरेर कर्जा असुल गरेका हुन् ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अर्थात् गत असोज मसान्तसम्म सिटिजन बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक र एनआईसी एशिया बैंक सहित ४ बैंक बाहेक अरु २३ वटा बैंकले ऋण उठाएर मुनाफा बढाएको नेपाल बैंकर्स एशोसियशनले जनाएको छ ।
यी ४ वटा बैंकको खराब कर्जा बढेको एशोसियशनका अध्यक्ष भुवन दाहालले जानकारी दिए । गत आर्थिक वर्षको यहि अवधिमा नेपाल सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा तथा लकडाउन गरेको थियो । जसले गर्दा बैंकमा खराब कर्जा बढेको थियो । तत्कालीन समयमा नेपाल राष्ट्र बैंकले खराब कर्जाको विषयमा विद्यमान कानूनी व्यवस्था नै संशोधन गरी बैंकहरुलाई राहत दिएको थियो ।
केन्द्रीय बैंकले कोभिड प्रभावित कति कर्जालाई पुनरतालिकीकरण, पुनरसंरचनाको सुविधा दिएको छ । यसका साथै कोभिड १९ बाट अतिप्रभावित ऋणीलाई सहुलियतपूर्ण कर्जा दिइरहेको छ । नेपाल राष्ट्र बैंकको नीतिले पनि खराब कर्जामा केही सुधार देखिएको बैंकर्स एशोसियशनको दाबी छ । सिभिल, नेपाल क्रेडिट एण्ड कमर्स, सेञ्चुरि बैंकको मुनाफामा राम्रो सुधार देखिएको छ । सबैभन्दा कम अर्थात सुधारको अन्तिममा सानिमा बैंकको रहेको छ ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
प्रतिक्रिया