नेपाललाई बेलायतको ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड

काठमाडौँ । कोभिड महामारीको समयमा अलपत्र विदेशी पर्यटकको खोज उद्धारमा उत्कृष्ट कार्य गरेको भन्दै नेपालले बेलायतबाट ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको छ ।
महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समयमा नेपालका विभिन्न गन्तव्यमा अड्किएका विदेशी पर्यटकको उद्धारमा सक्रियता देखाएबापत नेपालले विश्व चर्चित वन्डरलस्ट म्यागजिनले मंगलबार बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई यो पुरस्कार प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । लण्डनमा आयोजित वल्र्ड ट्राभल मार्ट (डब्लुटिएम) को अवसरमा एक समारोहका बीच उक्त अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई हस्तान्तरण गरिएको थियो ।
अवार्डका लागि नोमिनेशन भएका नौवटा मुलुकलाई उछिन्दै नेपालले अवार्ड पाएको हो । पर्यटनमन्त्री आले, पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी र छवटा नेपाली पर्यटन व्यवसायी कम्पनी सन् २०२१ नोभेम्बर १ देखि ३ सम्म आयोजना भएको डब्लुटिएममा सहभागी भएको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।
बन्दाबन्दीको समयमा बोर्डले स्ट्रयान्डेड इन नेपाल अनलाइन अभियान सञ्चालन गरी कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी), जिल्ला प्रशासन कार्यालय, पर्यटक प्रहरी, स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित संघ संस्थाको समन्वयमा नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका एक हजार ७२१ जना विदेशी पर्यटकलाई उद्धार गरेको थियो । यस्तै बोर्डले नेपालस्थित विभिन्न कूटनीतिक नियोगसँगको समन्यवमा रिपाट्रिएशन फ्लाइटमार्फत करिब पाँच हजारभन्दा विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको थियो ।
यसैबीच वल्र्ड ट्राभल मार्ट (डब्लुटिएम) मा बोर्डका कार्यकारी प्रमुख डा रेग्मी कोभिडको समयमा नेपालले गरेका कार्य तथा त्यसपछि नेपालको समग्र पर्यटनको अवस्थाका बारेमा विश्व चर्चित मिडिया बीबीसी, सीएनएन, लोन्ली प्यानेट र वन्डरलस्ट म्यागेजिनका सञ्चारकर्मी तथा अन्य पर्यटन क्षेत्रका विज्ञसँग छलफलमा सहभागी भएका थियो भने डब्लुटिएम चाइना फोरमले आयोजना गरेको अन्तक्र्रियामा समेत सहभागी भएका थिए ।
सो अवसरमा डा रेग्मीले कोभिडपछि नेपालले विभिन्न स्वास्थ्य तथा सुरक्षाको मापदण्ड तयार गरेको र सोही मापदण्डका आधारमा विदेशी पर्यटक आगमन खुला गरेको जानकारी दिए । गत वर्ष कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट आयोजना गरिएको डब्लुटिएममा यस वर्ष भने विश्वभरका १५० देशको सहभागिता रहेको छ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया