जुवा खालबाट पक्राउ परेका दोलखा कांग्रेस सभापति छुटाउन प्रहरीलाई दबाब

काठमाडौं । विहिबार राती जुवा अखडाबाट पक्राउ परेका दोलखा कांग्रेसका सभापति बर्मा लामालाई छोड्न प्रहरीलाई दबाब परेको छ । भर्खरै निर्वाचित भएका सभापति लामा विहिबार राती पक्राउ परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंलाई चर्को दबाब परेको हो ।
शुक्रबार विहानसम्म बर्मा लामाले नाम ढाँटेको तर उनका आफन्त आएपछि भने दोलखाका कांग्रेस सभापति रहेको खुलेपछि प्रहरीलाई गृहमन्त्री बालकृष्ण खाँणको सचिवालयबाट छुटाउन दबाब परेको थियो । प्रहरीले पक्राउ गरिसकेको र कार्यालय नखुलेका कारण उनलाई छुटाउन प्रहरीलाई अप्ठेरो परेको छ । ‘शुक्रबार विहान दोलखाको सभापति भन्ने खुल्यो त्यतिन्जेल प्रहरीमा उहाँलाई छुटाउनेको भीड लागेको थियो उहाँलाई छाड्दा अरुलाई पनि छाड्नु पर्ने हुन्थ्यो त्यो संभव थिएन’, प्रहरी परिसर स्रोतले भन्यो ।
बिहीबार राति ११ बजे नयाँबस्ती, ओलाङचुङगोला गुम्बा नजिकै सागर लामाले कोठा भाडामा लिई कौडा खेलाइरहेको अवस्थामा लामा पक्राउ परेका थिए । प्रहरीले छापा मार्दा कांग्रेस दोलखाका सभापति लामासहित १८ जनालाई महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरेको थियो । प्रहरीले जुवा अखाडाबाट ६ लाख ३२ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको थियो । पक्राउ पर्नेहरुमा बौद्धका ५१ बर्षीय माधवप्रसाद आचार्य, रामेछाप घर भई बौद्धमै बस्ने ३६ बर्षका निमा लामा, दोलखा घर भई गोकर्णेश्वर नगरपालिका नयाँबस्ती बस्ने ५२ बर्षीय शान्त थापा, बौद्धका ६१ बर्षीय रामहरि संजेल, रामेछाप घर भई भक्तपुरको राधेराधे बस्ने ५७ बर्षीय गोविन्द तामाङ, रामेछाप घर भई इमाडोल बस्ने ३६ बर्षीय राजेशकुमार श्रेष्ठ छन् ।
त्यसैगरी, जुवा अखाडाबाट पक्राउ पर्नेहरुमा बौद्धका ५७ बर्षीय केशव पुडासैनी, रामेछापका हाल बौद्ध बस्ने ३१ बर्षीय टासी लामा, रामेछाप घर भई गोकर्णेश्वर बस्ने ५० बर्षीय धर्म लामा, ५१ बर्षका दुर्गालाल सुनार, बौद्धमा बस्ने रामेछापका ३५ बर्षीय मनोज तामाङ, २१ बर्षीय रणबहादृुर घिसिङ, काठमाडौं बुढानीलकन्ठ नगरपालिका १० कपनका २९ बर्षीय सुजन ढुंगेल, सोही नगरपालिका कपनका ४० बर्षीय कृपा गोले, रामेछाप घर भई बौद्ध बस्ने ३१ बर्षका सुमन लामा, दोलखा घर भई भक्तपुरको चाँगुनारायण बस्ने ४० बर्षीय कृष्णबहादुर तामाङ छन् ।
चाडवाडको बेलामा जुवातास खेल्नेहरुका कारण अपराधका घटनामा बृद्धि भएकाले गृहमन्त्रालयले प्रहरीलाई कडाइ गर्न निर्देशन दिएपछि प्रहरीले काठमाडौका सबै क्षेत्रमा छापा मारेको थियो । त्यही क्रममा सभापति लामा नै पक्राउ परेका हुन् । गृहमन्त्रीको सचिवालयले दबाब दिएपनि प्रहरीले लामालाई छाड्न मानेको छैन । लामा लगायतको तिहार प्रहरी हिरासतमै वितेको छ । गृहमन्त्री खाँणको सचिवालयले जुवाडे छुटाउन प्रहरीलाई दबाब दिंदा गृहमन्त्री नै बदनाम हुने अवस्था छ ।
तर सभापति लामाले भने महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरिबहादुर पाल, डीआइजी उत्तम सुवेदी, महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहमाथि कांग्रेसका नेताहरुले दबाब दिएका छन् । जुवा अखाडाबाट पक्राउ परेकाहरुको सूचीमा सबैको स्थायी ठेगाना लेखिए पनि सभापति लामाको भने काठमाडौंको ठेगानामात्र राखिएको छ । दोलखा कांग्रेसको सभापति भए पनि प्रहरीले उनलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्तीको बासिन्दा भएको उल्लेख गरेको छ ।

















बैतडीमा निर्वाचन प्रहरीको निधन
कांग्रेसकाे तर्फबाट राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग
अमेरिकामा भीषण हिमपात :५ हजारभन्दा बढी उडान रद्द,६ लाख घरमा विद्युत अवरुद्ध
पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन
आईसीसी टी–२०विश्वकपः सुपर आठमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
सम्बोधनअघिको दबाबमा ट्रम्प
प्रतिक्रिया