चन्द्रागिरिबाट साढे चार लाख नगदसहित १६ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले चार लाख ४३ हजार नगदसहित १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका १४ पुरानो नैकापस्थित शंकर थापाको घरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चन्द्रागिरिका ५२ वर्षीय पुष्कर थापा, ४६ वर्षीय पूर्णबहादुर बस्नेत, ४१ वर्षीय सुदर्शन विडारी, ४६ वर्षीय लव कार्की, ४४ वर्षीय सुदामा केसी, ३१ वर्षीय विजय बुढाथोकी, ५० वर्षीय रवीन्द्र थापा, ४३ वर्षीय राजन खत्री, ३६ वर्षीय विश्वासजंग कार्की, ४० वर्षीय सन्जु थापा, ३८ वर्षीय नीरञ्जन शाह ठकुरी र ४४ वर्षीय अष्टमान महर्जन रहेका छन् ।
यस्तै, चन्द्रागिरिकै ४१ वर्षीय शंकर थापा, नीरञ्जन केसी, ४७ वर्षीय गणेश रसाइली र ३६ वर्षीय कृष्णबहादुर मगर रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।
पक्राउ परेकासँग प्रहरीले नगद, २० बुक तास र विभिन्न रंगका क्वाइन बरामद गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिए ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया