सल्यान बस दुर्घटनामा ९ जनाको सनाखत

काठमाडौँ । सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृत्यु भएकामध्ये ९ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दाङको बबई गाउँपालिका ६ की ६० वर्षकी दैली चलाउने, सोही गाउँपालिका–५ की ६५ वर्षकी कलादेवी बुढाथोकी, सल्यानको छत्रेश्वरी गाउँपालिका १ का तिलक वली, सोही जिल्लाको शारदानगर नगरपालिका २ की प्रभा चलाउने, सोही ठाउँकी ६५ वर्षकी मीना डाँगी, शारदा नगरपालिका ३ की ३६ वर्षकी लीला बुढाथोकी, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १ की मीना शाही, दाङको शान्तिनगर गाउँपालिकाकी सावित्रा केसी र घोराही उपमहानगरपालिका १० की ३६ वर्षकी रुपा केसी रहेका छन् ।
सल्यानका प्रहरीका अनुसार ६ जनाको घटनास्थलमा र अस्पतालमा ६ जनाको मृत्यु भएको छ । बस आइतबार बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका ५ स्थित खारखोलामा दुर्घटना भएको थियो ।


















एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया