सल्यान बस दुर्घटनामा ९ जनाको सनाखत

काठमाडौँ । सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृत्यु भएकामध्ये ९ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दाङको बबई गाउँपालिका ६ की ६० वर्षकी दैली चलाउने, सोही गाउँपालिका–५ की ६५ वर्षकी कलादेवी बुढाथोकी, सल्यानको छत्रेश्वरी गाउँपालिका १ का तिलक वली, सोही जिल्लाको शारदानगर नगरपालिका २ की प्रभा चलाउने, सोही ठाउँकी ६५ वर्षकी मीना डाँगी, शारदा नगरपालिका ३ की ३६ वर्षकी लीला बुढाथोकी, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १ की मीना शाही, दाङको शान्तिनगर गाउँपालिकाकी सावित्रा केसी र घोराही उपमहानगरपालिका १० की ३६ वर्षकी रुपा केसी रहेका छन् ।
सल्यानका प्रहरीका अनुसार ६ जनाको घटनास्थलमा र अस्पतालमा ६ जनाको मृत्यु भएको छ । बस आइतबार बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका ५ स्थित खारखोलामा दुर्घटना भएको थियो ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया